2026-09-22 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडी प्रशिक्षक विवादः १४ खेलाडी अभ्यासमा बोलाइँदा बी र सी डिभिजनका एक एक खेलाडी

वैशाख १५, काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ६ खेलाडीसहित १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । 

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुबै खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् । 

स्रोतका अनुसार दुई खेलाडी ‘बी’ र ‘सी’ डिभिजनबाट बोलाइँदा यस्तै पाँच खेलाडीले दोस्रोपटक बन्द प्रशिक्षणमा मौका पाएका छन् । एन्फाले भने आधिकारिक रुपमा खेलाडी नाम सार्वजनिक गरेको छैन । 

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् । 

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन् भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रतिनिधित्व गरेका थिए । 

यता, नयाँ खेलाडीमा भने सी डिभिजन लिगबाट पुल्चोक स्पोर्टस् क्लबका मनिष मगर  मनिषकुमार जर्घा रहेका छन् । यस्तै बी डिभिजनबाट प्रकाश रानाभाट परेका छन् ।

यता, आर्मीका जर्ज प्रिन्स कार्की र विकास, सातदोबाटोका आकाश बुढा मगर र सुशील राई,  थ्री स्टारका सन्जोक राई, मनाङ मर्स्याङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् । 

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीको रुपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरु रहेको जनाउँदै होटल छाडेका हुन् । 

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् । टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत  रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थित रहेको थियो । 

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएको र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण कुमार लिम्बूले सामाजिक संञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् । 

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ भने एएफसी एसियन कप-२०२३ को छनोट खेलहरू जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्द्वी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । 

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने साेचमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । 

                  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो