2026-09-22 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्बाबे ‘ए’ विरुद्ध नेपालको खेल, नेपाल टस हारेर ब्याटिङ गर्दै

वैशाख १८, काठमाडाैं | जिम्बाबे ‘ए’ विरुद्धको  ट्वान्टी २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन् ।

अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाबे ‘ए’सँग तीन ट्वान्टी २० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।

नेपालले शनिबार जिम्बाबे ‘ए’विरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला ट्वान्टी २० श्रृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो । क्यानले शनिबार मात्र ट्वान्टी २० श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिम: 

सन्दीप लामिछाने, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम,  करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो