2026-09-22 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने- समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू

वैशाख २०, काठमाडाैं | खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।

कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुबैले एक अर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् ।

यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो ईश्युलाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का , कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिती बैठक बोलाउन आग्रह गरेका छन् । 

खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सन्जालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

‘समस्यासँग भागेर समाधान हुन्छ र ? अध्यक्ष ज्यु?’ आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

यस्तै उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । ‘चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो,’ उनले भनेका छन् । 

यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यहि विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुद मन्त्रीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो