2026-08-25 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीलाई ९१ रनले हराएपछि धोनी भन्छन्– अर्को वर्षका लागि तयारी गरिरहेका छौं

वैशाख २६, काठमाडौँ | चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टोलीले इन्डिय प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्नको लागि कुनै जोड घटाउन नगरेको बताएका छन्। आफ्नो टोली खेलको मजा लिइरहेको छ र अर्को वर्षको लागि तयारी गरिरहेको उनले बताए।

दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएपछि धोनीले भने,‘आज हामीले राम्रो खेल्यौं भन्ने मलाई लागेको छ। म गणितको विज्ञ होइन। स्कूलको समयमा पनि म गणितमा राम्रो थिइनँ। हामीले पाउनु पर्ने र गुमाउनुपर्ने चिज केही छैन। त्यसैले खेलको आनन्द लिएर खोल्यौं।’

चेन्नई ११ खेलमा ४ जित र ७ हारसहित आठौं स्थानमा छ। चेन्नईले अब आईपीएलमा तीन खेल खेल्न बाँकी छ। सबै खेलमा विजयी हुँदा १४ अंक हुनेछ। प्लेअफमा पुग्न उक्त अंक पर्याप्त भने देखिँदैन। 

चेन्नईले बिहीबार मुम्बई इन्डियन्स, १५ मे मा गुजरात टाइटन्स र २० मे मा राजस्थान रोयल्ससँग खेल्नेछ। दिल्लीको यो हारले प्लेअफ यात्रा कठिन बनेको छ। दिल्ली ११ खेलमा ५ जित र ६ हारसहित पाँचौं स्थानमा छ।

धोनीले युवा फास्ट बलर मुकेश चौधरी र सिमरजीत सिंहको पनि प्रशंसा गरेका छन्। धोनीले भने, ‘मलाई व्यक्तिगत रूपमा सिमरजीत र मुकेससँग समय छ जस्तो लाग्छ। उनीहरुमा क्षमता छ। उनीहरु जति धेरै खेल खेल्दै गएका छन्, त्यति नै परिपक्व हुँदै आएका छन्।’

दिल्लीविरुद्धको खेलमा सिमरजितले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। मुकेश चौधरी र ड्वेन ब्राभोले २–२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन