2026-09-22 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा अध्यक्षमा पंकजको उम्मेदवारी, कर्मा छिरिङमाथि लगाए भ्रष्टाचार गरेको आरोप

जेठ ६, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनीको प्यानलबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्।

कार्यक्रममा करिब ५० जना मताधिकार पाएका पदाधिकारीलाई नेम्बाङले बोलाएका थिए। त्यसक्रममा उनले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा आर्थिक अपारदर्शिता बढेको आरोप लगाए। उनले शेर्पाले खेलाडीको समस्या समाधान गर्न एन्फा अध्यक्षले नसकेको समेत बताए।

कार्यक्रममा उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा भावी योजना भने खुलाएनन्।

कार्यक्रममा थ्रि स्टार क्लबका महासचिव संजिव शिल्पाकारले लिगको तयारी खर्च र बिजेताले पाउने पर्ने रकम हालसम्म पनि नपाएको आरोप लगाए। नेम्बाङले पनि लिगका क्रममा भ्रष्टचार भएको आरोप लगाएका थिए।

एन्फाको नयाँ नेतृत्वका लागि असार ६ गते निर्वाचन हुने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो