२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

२०७९, ८ जेष्ठ आईतवार ११:३४

जेठ ८, ललितपुर | नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिदाई गरेको जनाएको छ । उसले रोहितलाई हिमालय टाइगरको संज्ञा दिएको छ । रोहितले इन्डोनेसियाको यात्रा निकै उत्कृष्ट रहेको बताएका छन् । 

‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभई एक असल मानिस पनि बनायो । मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले म माथि पूर्ण विश्वास र साथ दियो । जाकर्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्‍याउन पाउनु असाधारण अनुभव थियो,’ रोहितले भनेका छन् । 

सन् २०१७ मा दोस्रो पटक जाकर्तासँग जोडिएका रोहितले १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । र, सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । रोहितले जाकfर्ता बसाईमा सन् २०१८ निकै सफल रहेको र उपाधिसमेत हात पारेको बताए । 

‘सन् २०१८ म सधैँ कृतज्ञ रहने वर्षको रुपमा रह्यो । जब हामीले लिग उपाधि जितेका थियौं र म लिगको उत्कृष्ट खेलाडी चुनिएको थिए । यो हामी सबैको संयुक्त प्रयासको नजिता थियो र विशेष गरी जाकमानिया (समर्थक) हरूको, जो विश्वकै उत्कृष्ट समर्थक हुन् ।’

‘व्यवस्थापक, क्लब, प्रशिक्षक, टिमका सहकर्मी, खेल अफिसियलहरु र समर्थकबाट पाएको साथ सधैँ मेरो ह्रदयमा रहिरहनेछ । भारी ह्रदयसाथ, मलाई लाग्छ अब क्लबलाई ‘गूडबाई’ भन्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले गर्व र सम्मानसाथ क्लबको प्रतिष्ठालाई बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो लागि सम्मानको कुरा थियो र आशा छ हामी कुनै दिन फेरी सँगै यात्रा गर्नेछौं,’ हाल राष्ट्रिय टोली बाहिर रहेका रोहितले भनेका छन् । 

पर्सिजाको बसाइ सकाएसँगै हाल रोहित नेपालमै छन् । उनी इन्डोनेसियाको लिग वान नै खेल्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस