६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

८ जेष्ठ २०७९, आईतवार ११:३४

जेठ ८, ललितपुर | नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिदाई गरेको जनाएको छ । उसले रोहितलाई हिमालय टाइगरको संज्ञा दिएको छ । रोहितले इन्डोनेसियाको यात्रा निकै उत्कृष्ट रहेको बताएका छन् । 

‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभई एक असल मानिस पनि बनायो । मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले म माथि पूर्ण विश्वास र साथ दियो । जाकर्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्‍याउन पाउनु असाधारण अनुभव थियो,’ रोहितले भनेका छन् । 

सन् २०१७ मा दोस्रो पटक जाकर्तासँग जोडिएका रोहितले १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । र, सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । रोहितले जाकfर्ता बसाईमा सन् २०१८ निकै सफल रहेको र उपाधिसमेत हात पारेको बताए । 

‘सन् २०१८ म सधैँ कृतज्ञ रहने वर्षको रुपमा रह्यो । जब हामीले लिग उपाधि जितेका थियौं र म लिगको उत्कृष्ट खेलाडी चुनिएको थिए । यो हामी सबैको संयुक्त प्रयासको नजिता थियो र विशेष गरी जाकमानिया (समर्थक) हरूको, जो विश्वकै उत्कृष्ट समर्थक हुन् ।’

‘व्यवस्थापक, क्लब, प्रशिक्षक, टिमका सहकर्मी, खेल अफिसियलहरु र समर्थकबाट पाएको साथ सधैँ मेरो ह्रदयमा रहिरहनेछ । भारी ह्रदयसाथ, मलाई लाग्छ अब क्लबलाई ‘गूडबाई’ भन्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले गर्व र सम्मानसाथ क्लबको प्रतिष्ठालाई बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो लागि सम्मानको कुरा थियो र आशा छ हामी कुनै दिन फेरी सँगै यात्रा गर्नेछौं,’ हाल राष्ट्रिय टोली बाहिर रहेका रोहितले भनेका छन् । 

पर्सिजाको बसाइ सकाएसँगै हाल रोहित नेपालमै छन् । उनी इन्डोनेसियाको लिग वान नै खेल्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या