2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापालाई तीन अंकको अग्रता, दबाबमा वीरगन्ज र ओसिस

जेठ १०, काठमाडौं | सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् । 

तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंक सहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ । 

यस्तै प्लानिङ ब्वाईज युनाईटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । 

जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारको दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछ । 

यस्तै महावीर क्लब १८ अंक सहित  चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुलचोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र साँतौं स्थानमा छन् । 

खालीवाली  यूथ एफसी र मनोहरा युनाईटेड क्लब १३ अंक सहित आठौं र नवौं स्थानमा छ । यस्तै रानीवारी स्पोर्टस् साँगाको नौं अंक सहित १२औं स्थानमा छ । 

यता, चार अंक सहित ओसिस क्लब र वीरगन्ज यूथ एकेडेमी क्रमशः १३औं र १४औं स्थानमा छ । दुवै टोली रेलिगेसनको संघारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो