2026-09-22 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा चुनावः ४२ जनाको उम्मेदवारी, क-कसले दिए?

जेठ ११, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

६ असारमा हुने चुनावमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले आ आफ्नो समूह सहित उम्मेदवारी दर्ता गराइसकेका छन् । 

यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउदा नेम्वाङ प्यानलबाट विरबहादुर खड्काले आज उम्मेदवारी दर्ता गराए ।

उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ । यता, उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी सदस्य पदका लागि शेर्पा र नेम्वाङ दुवै प्यानलसँगै स्वतन्त्र गरी ३१ जनाको खुल्लातर्फ र चार जनाको महिला सदस्यमा उम्मेदवारी परेको छ ।

१३ जनाको खुला सदस्यका लागि हालसम्म भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजरा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बू, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, शम्भु बहादुर सिंह ठकुरी, कुमार कटुवाल, प्रविण कमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रविण कुमार सुवाल, निरोज खड्गीको उम्मेदवारी परेको छ ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, विमला पौडेल र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक, फ्रेन्ड्स क्लबका राजीव पौडेलले पत्रकार सम्मेलनमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पनि हालसम्म दर्ता गराएका छैनन् ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदै छ ।

एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो