2026-06-30 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल फाइनल : राजस्थानका यी तीन खेलाडी जो गुजरातका लागि खतरा हुन सक्छन्

जेठ १५, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। 

विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ। विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवै टिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ।

आईपीएलमा पहिलो पटक हार्दिक पाण्डेयाको कप्तानीमा खेलिरहेको टिम गुजरात उत्कृष्ट लयमा छ। र, उपाधि जित्ने लक्ष्यमा छ।

गुजरातले यस सिजनमा राजस्थानलाई दुईपटक पराजित गरिसकेको छ। तर, राजस्थान पनि बलियो टोली हो। रोयल च्यालेन्जर बैंग्लोरलाई हराउँदै फाइनल पुगेको राजस्थान पनि उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छ।

राजस्थानका यी तीन खेलाडी गुजरातको पोल्टाबाट उपाधि खोस्न सक्छन्। र, जुनसुकै बेला खेल परिवर्तन गर्न माहिर छन्। 

१.जोस बटलर

जोस बटलर आईपीएल २०२२ मा उत्कृष्ट लयमा छन्। उनले पछिल्लो खेलमा रोयल च्यालेन्जर बैंग्लोरविरुद्ध ६० बलमा १०६ रन बनाएका थिए। बटलरले यो सिजनमा अहिलेसम्म १६ खेलमा ५८.८६ को औसतमा ८२४ रन बनाएका छन्।  गुजरात टाइटन्सका लागि यो फाइनल खेलमा उनी सबैभन्दा ठूलो खतरा साबित हुनेछन्।

IPL Qualifier-2 Rajasthan Royals Vs Royal Challengers Bangalore Jos Buttler  Reaction On Shane Warne | IPL 2022 Qualifier-2: मैन ऑफ द मैच चुने गए जोस  बटलर का बड़ा बयान, राजस्थान रॉयल्स के

२.युजवेन्द्र चहल

युजवेन्द्र चहल गुजरात टाइटन्सको लागि दोस्रो खतरा साबित हुन सक्छन्। युजवेन्द्र चहलले यो सिजनका १६ खेलमा ७.९२ इकोनोमीमा २६ विकेट लिएका छन्। योसँगै युजवेन्द्रले पछिल्ला दुई खेलमा एक विकेट नपाएकाले यो खेलमा उनी थप घातक बलर साबित हुन सक्छन्।

आईपीएल ऑक्शन- युजवेन्द्र चहल को राजस्थान रॉयल्स ने किया अपने नाम

३. प्रसिद्ध कृष्ण

युवा फास्ट बलर प्रसिद्ध कृष्णले यो सिजन निकै घातक बलिङ गरिरहेका छन्। दोस्रो क्वालिफायर खेलमा राजस्थानले प्रसिद्धको उत्कृष्ट बलिङको आधारमा मात्र जित हात पारेको छ। 

यो सिजनमा उनले अहिलेसम्म १६ खेलमा ८.१८ को इकोनोमीमा १८ विकेट लिएका छन्। उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सिजनको उत्कृष्ट स्पेल फ्याँके। यो सिजन लयमा देखिएका उनी गुजरातको लागि खतरा साबित हुन सक्छन्।

IPL 2022: गुजरात फाइनल में मिलर की छक्का हैट्रिक, राजस्थान की मशहूर कृष्णा  ट्रोल्स के निशाने पर ट्रोल्स ने आरआर के प्रसिद्ध कृष्ण पर हमला किया …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ