2026-08-25 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुजरात टाइटन्सलाई डेब्यु वर्षमै उपाधि

जेठ १६, काठमाडौं | यसै सिजन ‘डेब्यु’गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो ।

राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए । 

यसबाहेक, राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाएका थिए ।

राजस्थानसामू कसिलो बलिङ गरेको गुजरातका कप्तान हार्दिक पन्ड्याले तीन विकेट लिए । आइपिएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका पन्ड्याले चार ओभरमा १७ रन खर्चिएका थिए ।

यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए ।

प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’ पाए । यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’ पाए । उनले १७ इनिङमा २७ विकेट लिए ।

आइपीएलको १५औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् । 

यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन