कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भए"/>
२०८२, २२ फाल्गुन शुक्रबार
खेलकुद

झापाका सबै नगरपालिका भिड्ने !

२०७३, १९ भाद्र आईतवार ०७:५६

कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । 

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी असोज ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । शनिबार आयोजक कासाले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । झापा जिल्लाका ८ नगरपालिकाहरु कनकाई, भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर, शनिअर्जुन, शिवसताक्षी र गोरादहका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । 

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः १ लाख १ हजार १ सय ११ रुपैयाँ र ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने खेल समितिका संयोजक राजेन्द्रकुमार उप्रेतीले बताए । प्रतियोगितमा दैनिक उत्कृष्ट हुने खेलाडीलाई समेत नगद १५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेतीले बताए । 

यसैबीच, प्रतियोगिता सम्पन्न गर्नका लागि राजेन्द्रकुमार उप्रेतीको संयोजकत्वमा २६ सदस्य मुल आयोजक समिति गठन गरिएको छ । 

सदस्यहरुमा राजकुमार कट्टेल, सुनिल भेटवाल, छवि थपलिया, भीमप्रसाद भट्टराई, सुनिता बोगटी, दुर्गाप्रसाद प्रसाईं, लीलाराज झापाली, सरोज पोखरेल, झलक सिटौला, रामचन्द्र खरेल, अर्जुन गिरी, तीर्थराज खरेल, रेवत गौतम, रामप्रसाद निरौला, सन्तबहादुर रायमाझी, लीलु गिरी, दिलकुमार कार्की, राजेन्द्रकुमार पोखरेल, टीका लामिछाने, जय राजवंशी, विनोद उप्रेती, जीवन लामिछाने, साजन थापा, इन्द्रपुलामी  मगर र दीपेन लिम्बू रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल ६ लाख ४१ हजार ७ सय २२ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता