2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन

जेठ १९, काठमाडौं | युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे ।

खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो । मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए ।

यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए । इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ । अर्जेन्टिना पछिल्लो तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो ।

खेलका लागि सन् २०२० को फेब्रअरी १२ मा युइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यस्तै, २०२२ को मार्चमा युइएफएले यो खेल वेम्बली रंगशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो ।

यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालीन  कोपा विजेता अर्जेन्टिनाले जितेको थियो । 

त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो