2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै, ५० देशका खेलाडी आउने

जेठ २२, पोखरा | पोखरामा ५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

कोभिड १९ का कारण प्रभावित बनेको प्रतियोगिता पहिलो पटक पोखरामा हुन लागेको हो । गत वर्ष गण्डकी प्रदेशमै गर्ने भनिएपछि कोभिडका कारण रोकिएको थियो ।

विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरूका परिवारसहित दुई हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोडभन्दा बढी लाग्ने मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए । विश्व तेक्वान्दो संघले मान्यता दिएको ७२ खेल खेलाइने भएकोले सहभागी संख्या अझै बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो