2026-08-25 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोर्डनलाई रोक्ने नेपालको योजना

जेठ २४, कुवेत | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । 

एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् । 

‘हामीलाई धेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने । 

‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् भोली के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं । हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं ।’

हाल नेपाली टोलीमा २३ खेलाडीसहित नौ अफिसियल छन् । छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

यस्तै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल्दै नजिता आफ्नो पक्षमा पार्न हरप्रयास जारी राख्ने बताए । 

नेपाल र जोर्डनबीचको खेल भोलि राति स्थानिय समय अनुसार सवा १० तथा नेपाली समय अनुसार १ बजे हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन