2026-09-22 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियासँगको फराकिलो हारपछि अल्मुताइरी भन्छन्– सबै दोष मेरो हो, खेलाडीलाई दोष नदिनु

असार १, काठमाडौँ | इन्डोनेसियासँगको फराकिलो हारसँगै नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताको अन्त्य गरेको छ ।

अंकविहीन रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हारको सबै दोष आफ्नो रहेको र खेलाडीलाई दोष नदिनु भन्ने पुरानै भनाइ दोहोर्‍याएका छन् । अल्मुताइरीले प्रत्येक खेलपछि नियमित रूपमा भन्ने डायलग हो यो । त्यो गए राति पनि दोहोर्‍याए ।

‘प्रिय नेपाली समर्थक…. हाम्रो एसियन कप २०२२ छनोट प्रतियोगिताको यात्रा समाप्त भएको छ । यसमा हामीले केही सकारात्मक र केही कमजोरीहरू भेट्टाएका छौँ, त्यो सेप्टेम्बरमा हुने अर्को मैत्रीपूर्ण खेलअघि सुधार गर्नुपर्छ,’’ अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘म चाहन्छु, सबै दोष मलाई दिनु । खेलाडीहरूलाई दोष नदिनुहोस् ।’’

कुवेतमा सम्पन्न प्रतियोगितामा नेपाल गए राति इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । सुमन अर्यालले दोस्रो पहेँलो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले हारेको थियो ।

कुवेतविरुद्धको खेलमा अल्मुताइरी मैदानमा ढलेका थिए । तर, उनी के भएर ढलेको भनेर अखिल नेपाल फुटबल संघ (एन्फा) र उनी स्वयंले केही खुलाएका छैनन् । मैदानमा प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो । अस्पतालबाट उनी भोलिपल्टै डिस्चार्ज भएका थिए ।

प्रतियोगिताअघि अल्मुताइरीले ‘तानासाह व्यहार गरेर आफूलाई निकालेको’ भन्दै राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । खेलाडीको पक्षमा नियमित कप्तान एवं गोलकिपर किरण चेम्जोङ र अर्का गोलकिपर विकेश कुथुले पनि साथ दिएका थिए ।

त्यसपछि अल्मुताइरीले किरण, रोहित चन्द, विकेश, अञ्जान विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, तेज तामाङ, सुमन लामालाई बाहिर राख्दै टिम बनाएका थिए । त्यही टिमले कुवेतमा प्रतिस्पर्धा गरेको हो । कुवेतमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । अन्तिम खेलमा नवयुगलाई बेन्चमा राख्दै पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो