2026-09-22 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

असार ३, काठमाडौं | एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍याे ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन् । यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाइन् । 

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी संगिताले ६ रनमात्र खर्चिइन् । यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिान कर्माचार्य र इन्दु वर्माले एक–एक विकेट हात पारे ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाएका थिए ।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन् । अन्य दुई बलरले एक-एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो