2026-08-25 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

असार ८, काठमाडौँ | चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो । 

यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा ढुप्दै दुई समूहमा ध्रुवीकरण भयो । 

एकै समूहबाट नेतृत्वमा आएको यस टिम चार वर्ष पनि टिक्न सकेन र अन्त्यमा एक अर्कालाई सक्काउन लाग्यो । उपाध्यक्ष भएको एक वर्षपछि मात्रै विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे । 

अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै पंकज एन्फामा नयाँ शक्तिको रुपमा उदाय । गत सोमबार (६ असार) मा भएको एन्फाको साधारणसभामा नेतृतव चयनका लागि भएकाे चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रुपमा पंकज निर्वाचित भए । 

कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको चार वर्षे कार्यकालमा एन्फा हाक्न पक्कै सहज हुने छैन । कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन् । 

खेलाडी-प्रशिक्षक विवाद, नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित सहिद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन् ।

यी त भए देखिने चुनौती, अझ भित्रिरुपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नुछ । कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ । अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफू अनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्दछ । 

एन्फाको अध्यक्ष निर्वाचित भएसँगै पंकजविक्रम नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजयी भएको प्रतिक्रिया दिएका थिए । यस्तै उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन् । 

‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउने छौं ।  हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौं, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौं,’ ५१ वर्षीय नेम्बाङले भनेका छन् । 

यस्तै उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन् । 

सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो । यद्यपि कार्यसमितिमा बहुमत भने बनाएको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चारमध्य तीन उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै ६ सदस्यमा समेत पंकज समूहका नै छन् । 

अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन