2026-09-22 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्याटिङ चल्दा ओन्टारियोविरुद्ध नेपालको सहज जित

असार २०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई  ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो ।  २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै  १५४ रनमा समेटियो ।

ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे ।  नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल योगफल बनायो । नेपालका  रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका रोहितले ३१ बलमा अविजित ७१ रन बनाए ।  दीपेन्द्रले २७ बलमा ५४ रन जोडे ।

यस्तै, पवन सर्राफले ३७,  देव खनालले २०, आदील आलमले १० रन बनाए । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १ विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टुअन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । 

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो