2026-08-25 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकारी समितिले पूर्णता पायो

असार २६, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ ।

कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीहरूलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे ।

मनोनीत हुनेमा सदस्यहरूमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा रहेका छन् ।

कार्यकारी समितिको सदस्य–सचिवको जिम्मेवारी प्रचार प्रसार शाखाका प्रमुख फणीन्द्र पौड्यालले पाएका छन् । पौड्यालले नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।

मनोनयन पत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य–सचिव घिसिङले मनोनीत हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रूपमा रहेको बृहत् खेलकुदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिँदै पाएको जिम्मवेरीलाई पूरा गर्न सबै कटिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन