2026-08-25 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र बंगलादेशबीच खेल हुँदै, सन्दीप पनि खेल्दै

साउन १७, काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।

भारतविरुद्ध ८-० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । यदि, आज नेपालले खेल जितेर मात्रै पुग्दैन । हेड टु हेडमा बलियो हुन कम्तिमा ५–० को जित निकाल्नु पर्नेछ । 

मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।

नेपालको प्लेइङ सेटः 

गोलकिपरः ईश्वर गुरुङ

डिफेन्डरः अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ

मिडफिल्डरः आशिष राई, दिपेश गुरुङ, सन्दीप कार्की

फरवार्डः सुगम सुवाल, कृतिश रत्न छुन्जु, आयुष घलान

Photo: SAFF

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन