2026-09-22 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्क्वासः अरहन्त र कृष्णालाई उपाधि

साउन २१, काठमाडौं | अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।  

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेता अमृतले १५ हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर ब्लोन र दीपक थापाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११–७, ११–७ ११–७ ले निराश पार्दै च्याम्पियन भइन् । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी, ब्वाइज जनियरमा विकास मगर, भेट्रान्स (५० वर्षमाथि) मा सन्दीपबहादुर सिंह र पुरुष प्लेटतर्फ प्रयाग जोशी च्याम्पियन भए ।

विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो