2026-09-22 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी

साउन २४, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् ।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् । जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन् । 

जसमा चार यूएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो