2026-09-22 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज केन्यासँग निर्णायक खेल खेल्दै नेपाल

भदौ १४, काठमाडौँ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ ।

यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।

पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

यस शृखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनिरहेको छ । एकरुपको प्रदर्शन गर्न नसकेको नेपाल जितनजिक पुगेर पनिचुक्दै आएको छ । त्यसैले शृंखलाको निर्णायक खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।

केन्या जानुअघि आईसीसी टी-२० वरीयता सुधार गर्ने लक्ष्य राखे पनि शृंखलाकै बीचमा नेपालको वरीयता खस्किसकेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।

अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल वरीयतामा यथावत रहनेछ ।पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो