2026-09-22 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रको अर्धशतक, नेपालद्वारा केन्या सामु १७६ रनको लक्ष्य प्रस्तुत

भदौ १४, काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतकिय पारी खेलेका छन् । मल्लले व्यक्तिगत ५९ रनको स्कोर बनाएर आउट भए । 

टस जितेर पहिले ब्याटिङ गरेको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । खेलमा ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले ।

जारी खेलमा नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाउँदा रोहित पौडेलले ४७ रन बनाए । पौडेलले २५ बलमा ७ चौका प्रहार गरे । त्यस्तै अर्जुन साउदले २९ रन जोडे । खेलमा दिपेन्द्र सिङ ऐरीले २२ रन बनाउँदा अदिल अन्सारीले ४ रन बनाए । खेलमा पवन सर्राफ र विवेक यादव जमेर खेल्न सकेनन् । यसरी खेलमा नेपालले केन्यालाई २० ओभरको खेलमा ७ विकेटको क्षेतीमा १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् ।

केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले २–२ खेल जितेका छन् । आज भईरहेको अन्तिम खेल जसले जित्छ नतिजा उसैको पोल्टामा जानेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो