2026-09-22 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले २ वटा कोठा लिन नमानेको, २ पटकसम्म बलात्कार गरेको पीडितको बयान

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । 

पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेको ‘फ्यान’ थिइन् । 

सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो । स्न्यापच्याटमार्फत नै  लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो । यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफैं डिलिट हुने विकल्प हुन्छ । उनीहरूबीच पनि कुराकानीको माध्यम स्न्यापच्याट नै भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको गौशाला प्रहरी स्रोत बताउँछ ।उनीहरूबीचको घटना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ । 

सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए । त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो । ‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ पीडितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने । 

त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ । होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ । त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए ।  होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ । 

त्यसपछि राति लठ्याएर दुई पटकसम्म लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ ।  प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो