2026-09-22 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज स्वदेश फर्किदै सन्दीप, विमानस्थलबाटै पक्राउ गर्न प्रहरीको निगरानी

भदौ २६, काठमाडौँ । जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्।

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट र्पुयाएर थिए ।

नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए । तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाण्डु फर्किसकेका थिए । तर किशोरी बस्ने होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा र्पुयाएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा बताएकी छन्।

उक्त उजुरीपछि सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले गत बिहीबार नै पक्राउ अनुमति दिइसकेको छ । अदालतसँग पक्राउ पूर्जी लिई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा पक्राउ आदेश पठाएको छ । सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ ।

यद्यपि सन्दीप फर्किनेबारे आफूहरुलाई केही जानकारी नभएको प्रहरीले बताएको छ । तर पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ । साथै एयरपोर्टमा निगरानि पनि राखिएको एसएसपी भरत बोहोराले जानकारी दिए ।

‘हामीलाई सन्दीप नेपाल आउनेबारे जानकारी छैन । तर, पक्राउ पूर्जी जारी भइसकेको छ । जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्छौं । एयरपोर्टमा हामीले निगरानी बढाएका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो