2026-08-25 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

भदौ २८, काठमाडौँ | नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीप लामिछाने आइतबारयता सम्पर्कविहीन छन्। आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका उनी नेपाल आइपुगेका छैनन्। उनी कहाँ छन्? यसबारे न त प्रहरीलाई केही जानकारी छ, न त क्यानसँग नै उनी सम्पर्कमा छन्।

नेपाल समय

सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि प्रहरीले घटनाबारे प्रमाण संकलन र पीडित पक्षको बयान लिएको छ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। टी–ट्वान्टी सिरिज खेलेर उनी सेन्ट लुसिया पुगेका हुन्। नेपाली टोली केन्यामा एकदिवशीय क्रिकेट (ओडीआई) खेलिरहेका बेला यता गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी दिइन्। तथापि, उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए।

क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए। ‘आइतबार उनले नेपाल फर्किंदै गरेको र आफू एयरपोर्टमा भएको बताएका थिए, त्यसयता उनीसँग सम्पर्क भएको छैन,’ क्यानका सचिवले बताए। उनले भने, ‘अहिलेसम्म नेपाल आइपुगि सक्नुपर्ने हो।’ यता, सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। 

क्यारेबियादेखि नेपाल फर्किन ३ देखि ४ वटा ट्रान्जिट पर्ने भएकाले आज मंगलबारसम्ममा सन्दीप नेपाल आइपुग्ने विश्वास प्रहरीको छ। आइतबार नै हिँडेको भए सम्भवतः उनी आजै नेपाल आइपुग्नेछन्। ‘उनी आफैंले अनुसन्धानमा सहयोग गर्नेगरी फर्किन्छु भनेपछि इन्टरपोलको सहयोग लिएका छैनौं,’ परिसरका एसएसपी बोहराले भने, ‘नेपाल नफर्किए केही दिनमै इन्टरपोलको प्रक्रिया सुरु गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन