2026-09-22 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानद्वारा टी-२० शृंखलामा २-२ को बराबरी

असोज १०, काठमाडौं । इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको टी-२० शृंखलामा २-२ को बराबरी गरेको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो ।

इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए ।

यसअघि राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन ।

कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे । इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो