2026-08-25 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

कात्तिक २०, काठमाडौँ | पाकिस्तान अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडलाइड ओभलमा पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

१ सय २८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायाे । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, कप्तान बाबर अजामले २५ र शान मासोदले अविजित २४ रन बनाए । बलिङतर्फ बंगलादेशका नासुम अहमद, कप्तान सकिब अल हसन, मुस्ताफिजुर रमहमान र इबादोत हुसेनले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनाएको थियो । बंगलादेशका नाजमुल हुसेन शान्तोले अर्धशतकसँगै ५४ रन बनाए । त्यस्तै, अफिफ हुसेनले अविजित २४ र सौम्या सरकारले २० रन बनाए ।

बलिङतर्फ प्लेयर अफ द म्याच बनेका शाहिन शाह अफ्रिदीले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए । त्यस्तै, शादव खानले दुई विकेट लिए ।

पाकिस्तानसँग पराजित भएसँगै बंगलादेश पनि विश्वकपबाट बाहिरिएको छ । समूह–२ बाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन् भने समूह–१ बाट न्युजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् । भारतले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । आजै भारत र जिम्बाब्वेबीच खेल हुँदैछ । यो खेलले समूह–२ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर पाकिस्तानले शीर्ष स्थानमा उक्लिएको छ । यता भारत भने चार खेलबाट तीनमा जित र एक खेलमा हारसहित ६ अंक नै बनाएर दोस्रो स्थानमा छ । यता, आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग अप्रत्यासित हार ब्यहोरेको दक्षिण अफ्रिका भने विश्वकपबाट बाहिरिएको छ ।

पाँच खेलबाट पाँच अंक नै बनाएको दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा समान खेलबाट नेदरल्यान्ड्सले चार अंक जोड्दै विश्वकपमा आफ्नो यात्रा टुंग्याएको छ । बंगलादेशले पाँच खेलबाट चार अंक जोड्दा चार खेलबाट तीन अंक बनाएको जिम्बाब्वे पुछारमा छ ।

यता, समूह–१ बाट आयोजक राष्ट्र अस्ट्रेलिया नै बाहिरिएको छ । अस्ट्रेलिया बाहिरिँदा यो समूहबाट न्युजिल्यान्ड र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सफल भए । न्युजिल्यान्डले पाँच खेलबाट सात अंक बटुल्दै समूह विजेता बन्यो । इंग्ल्यान्डले पनि समान खेलबाट सात अंक नै बनाएर सेमिफाइनलमा स्थान बनायो ।

तर समान खेलबाट सात अंक नै बनाएको अस्ट्रेलिया भने न्युजिल्यान्ड र इंग्ल्यान्डसँग नेट रनरेटको आधारमा पछि पर्दै विश्वकपबाट बाहिरिएको हो । श्रीलंकाले पाँच खेलबाट चार अंक बनाउँदै समूह–१ को चौथो स्थानमा विश्वकप टुंग्याउँदा आयरल्यान्ड पाँचौँ र अफगानिस्तानले छैटौँ हुँदै विश्वकपको यात्रालाई सकाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन