2026-09-22 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् फिफा विश्वकपमा सबैभन्दा धेरै खेल्ने १० देश,कसले कतिपटक जिते उपाधि?

कात्तिक २२, काठमाडौँ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो।

एस वर्ष कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकप फुटबल फिफा विश्वकपको २२ औँ संस्करण हो । हालसम्म इस्ट जर्मनीसहित ८० टिमको विश्वकपमा सहभागिता भइसकेको छ ।

ती मध्ये सबैभन्दा बढी तथा सबै विश्वकपमा सहभागिता जनाउने टिम भने ब्राजिल हो । कतारमा हुने २२औँ संस्करणका विश्वकपमा ब्राजिलले सहभागिता जनाउँदा उसले २२ औँ पटक नै विश्वकप खेल्नेछ ।

ब्राजिलले सन् १९३० मा आयोजना भएको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । त्यसैगरी, ब्राजिलले सर्वाधिक ५ पटक विश्वकपको उपाधिसमेत जितेको छ ।

सबैभन्दा धेरै पटक विश्वकपमा सहभागिता जनाउने दोस्रो स्थानमा भने जर्मनी रहेको छ । जर्मनीले २० औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ । जर्मनीले भने ४ पटक विश्वकपको उपाधि हात पारेको छ ।

जर्मनी पछि अर्जेन्टिना र इटालीले समान १८-१८ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर अर्जेन्टिनाले केवल दुई पटक विश्वकप जित्दा इटालीले भने ४ पटक उपाधि हात पारिसकेको छ ।

त्यसपछि मेक्सिकोले भने १७ औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको छ । मेक्सिकोले भने अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । उसको सबैभन्दा उत्कृष्ट नतिजा भनेको क्वार्टरफाइनल पुग्नु हो ।

यता स्पेन, फ्रान्स र इंग्ल्यान्डले समान १६-१६ पटक विश्वकप खेल्दैछन् । स्पेन र इंग्ल्यान्डले समान एक-एक पटक विश्वकप जित्दा फ्रान्सले भने दुई पटक विश्वकपको ट्रफी उचालेको छ ।

उरुग्वे र बेल्जियमले समान १४-१४ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर उरुग्वेले भने दुई पटक विश्वकपको उपाधि हात पार्दा बेल्जियमको सबैभन्दा उत्कृष्ट नतिजा भनेको तेस्रो हुनु हो ।

यता इस्ट जर्मनीसहित २० टिमले एक पटक विश्वकप खेलेका छन् वा खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो