2026-09-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बास्केटबल प्रतियोगिताको फाइनलमा जेनिथ र निम्स

कात्तिक २९, काठमाडौं | जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।

जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हरायो ।

सिनियर गल्र्समा संस्कृति र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । संस्कृतिले आयोजक रेडिअन्ट पब्लिकलाई १९–१३ तथा निम्सले न्यु भिजन एकेडेमीलाई १५–७ ले पाखा लगाए । संस्कृतिकी त्रिशा श्रेष्ठले ८ तथा निम्सकी टिना लिम्बूले ४ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई १९–१८ तथा युनिकले स्किब्सलाई ८–५ ले पन्छाए । ग्रिनफिल्डका पुजन उप्रेतीले १४ तथा युनिकका सन्चित रिमालले ४ अंक जोडे । फाइनल आज मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो