2026-09-22 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्ताननै हुन्छु भन्ने कहिल्यै सोचेको थिइन : रोहित

कात्तिक २९, काठमाडौँ | राष्ट्रिय फुटबल टिमका कप्तान रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैं कठिन प्रतिस्पर्धी हुने बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक कप्तान बनेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेको बताए।

‘हाम्रो तयारी राम्रो छ, तर नेपालका लागि पाकिस्तान सधैं कठिन प्रतिस्पर्धी हुने गरेको छ,’ कप्तान रोहितले भने, ‘पहिलो पटक कप्तान बनेको छु। तर, मैले यसलाई धेरै ठूलो कुराको रुपमा लिएको छैन। देशको प्रतिनिधित्व गर्नु नै ठूलो कुरा हो।’

पछिल्लो समय राष्ट्रिय खेलाडीको अस्ट्रेलिया पलायनबारे बोल्दै रोहितले भने, ‘घरेलु फुटबलको संरचना राम्रो भएको भए, सबैजना यहीँ खेलिरहेका हुन्थे। राष्ट्रिय टिम पनि राम्रो हुन्थ्यो, बलियो हुन्थ्यो। राम्रा खेलाडीहरू पलायन हुँदैछन्, यसले नेपाली फुटबल अप्ठ्यारो अवस्थामा पुग्न सक्छ। तर, भएकामध्ये टिम राम्रो बनेको छ।’

पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी रहेको दोहोर्‍याउँदै रोहितले भने, ‘हामी आफ्नो उत्कृष्ट दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो