2026-08-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईलाई तीन विकेटले पराजित गर्दै नेपालको उत्कृष्ट जित, निर्णायक खेल शुक्रबार हुने

कात्तिक ३०, काठमाडौं | युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले पराजित गरेको छ ।

खराब ब्याटिङका कारण खेलको मध्यतिर ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न सफल भएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । यस अघि जारी सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित भएको थियो । जारी सिरिजको तेश्रो खेल शुक्रबार हुनेछ । 

नेपालले जितको लागि पाएको १ सय ९२ रनको लक्ष्य ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे भने सोमपाल कामीले अविजित रही १६ बलमा २ चौकासहित १६ रन बनाए । 

खेलमा उत्कृष्ट ब्याटिङ गरेका गुलशन झाले ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रन बनाएर आउट भए । गुलशनको यो ओडिआई करिअरको सबैभन्दा सर्वाधिक रन हो । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ५२ बल खर्चिएर ६ चौकासहित ३६ रन बनाएर बोल्ड आउट भए ।

आजको खेलमा स्पिनर रोहन मुस्तफाले १३ औं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेललाई ८ रनमा एलबीडब्लू आउट गरे । स्वीप सट खेलेका रोहितको गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।

त्यस्तै खेलमा ज्ञानेन्द्र मल्लले २६ रन बनाएर आउट भए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बनाएर बोल्ड आउट भए । 

खेलमा युएईका लागि स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ४३.२ ओभरको खेलमा १ सय ९१ रन बनाएर अल आउट भएको थियो । युएईका लागि ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

युएईले नेपाल बिरुद्ध आक्रामक सुरुवात गरेपनि नेपालले उसको उच्च रन बनाउने सम्भावनालाई तिदेको थियो । जसको कारण नेपालले ४३.२ ओभरमै युएईलाई अलआउट गर्न सफल भयो । युएका ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरको खेल खेल्दा ७२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । उक्त सुरुवातलाई दीपेन्द्रसिंह ऐरीले तोडेका थिए । त्यसपछि युएईले लगातार विकेट गुमाएको थियो । 

नेपालको लागि सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन