2026-09-22 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल बिरुद्धको खेलमा युएईका खेलाडीले बलमा थुक लगाएपछि…

कात्तिक ३०, काठमाडौँ । काठमाडौँमा जारी दोस्रो ओडिआई खेल अन्तर्गत दोश्रो खेलमा युएईका युवा ब्याट्सम्यान एलिशान शराफुले बलमा थुक लगाएकै कारण नेपालले पेनाल्टी स्वरूप पाँच रन प्राप्त गर्यो । 

कोरोना महामारीपछि लगाइएको नियम अनुसार बलमा थुक लगाउन प्रतिबन्ध गरिएको छ । सोहि प्रतिबन्ध उल्लङ्घन भएको कारण नेपालले युएईबिरुद्ध ५ रन सित्तैमा प्राप्त गरेको हो । नेपालले सित्तैमा पाएको ५ रनसंगै कुशल भुर्तेलले लगातार तीन चौका प्रहार गरेका थिए ।

केहि बेर अघि सम्पन्न खेल नेपालले आफ्नो पक्षमा पारिसकेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले युएईलाई तीन विकेटले पराजित गर्दै जित हाँशिल गरेको हो । 

सुरुवातमा खराब ब्याटिङका कारण खेलको मध्य स्कोरसम्ममा ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न सफल भएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । 

यस अघि जारी सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित भएको थियो । जारी सिरिजको तेश्रो खेल शुक्रबार हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो