2026-09-22 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप नेपालमा मोबाइलबाट हेर्न नमिल्ने

मङ्सिर ४, काठमाडौं | विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज देखि सुरु हुँदैछ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो।

FIFA World Cup schedule 2022: Complete match dates, times, team fixtures  for Qatar tournament | Sporting News Malaysia

कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् । विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।

नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक प्रशारण सुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ ।

नेपालमा मोबाइल वा अन्य डिभिजन माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ ।

‘हामीसँग टेलिभिजन, रेडियोलगायत सबै डिभिजन माध्यमबाट प्रशारण गर्न पाउने अधिकारप्राप्त लाइसेन्स छ,’ मिडिया हबका अध्यक्ष सोम धितालले भनेका छन्, ‘तर, विविध कारणले हामीले मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष प्रशारण हुने गरी कसैलाई पछि अधिकार बेचेका छैनौं ।’

उनले आम मोबाइल प्रयोगकर्ताबाट आएको गुनासोबारे जानकार भए पनि यस संस्करणमा त्यो सम्भावना कम रहेको प्रष्ट्याए ।

कतार विश्वकपको उद्घाटन खेलमा आज राती पाैने १० आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । कतारको अल बायट रंगशालामा यो खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो