2026-08-25 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

मङ्सिर १२, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह  ‘जी’ मा रहेको क्यामरुन र सर्वियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली पहिलो जितको खोजीमा हुने छ । सर्विया ब्राजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको छ । समूह चरण पार गर्न यि दुई टोलीलाई जितको आवश्यक छ । 

त्यसैले दुवै टोली निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ ।

त्यस्तै दोस्रो खेलमा समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितकै खोजीमा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित हुँदा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्यान्डबीच भीडन्त हुनेछ । समूह ‘जी’का  ब्राजिल र स्वीट्जरल्यान्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । ब्राजिलले पहिलो खेलमा सर्वियालाई २–० ले तथा स्वीसले क्यामरुनलाई १–० ले हराएको थियो । ब्राजिललाई आफ्नाे मुख्य फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलाेकाे अभाव खड्कन सक्नेछ ।

त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह‘एच’का पोर्चुगल र उरुग्वे सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँद उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन