2026-09-22 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश, अर्जेन्टिना समूह विजेता

मङ्सिर १५, काठमाडौँ । विश्वकपको उपाधि दावेदार अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाएको हो । 

खेलको पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित बराबरीमा चलेको थियो ।

तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनले गोल गरेपछि अर्जेन्टिनालाई जित सहज बन्यो । अर्जेन्टिनाले दोस्रो हाफको मध्यतिर अर्को गोल गर्दै अर्जेन्टिनालाई जितको लागि झनै सहज बनायो । 

खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । त्यस्तै खेलको ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

यो जितसँगै अर्जेन्टिना ३ खेलमा दुई खेल जितेर ६ अंक सहित समूह तालिकाको शीर्षस्थानमा रहेको छ । त्यस्तै पोल्यान्ड समूह चरणको दोश्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । समूह सीको अर्को खेलमा साउदीलाई मेक्सिकोले २-१ गोल अन्तरले पराजित गर्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो