2026-09-21 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन टिम प्रवेश गर्लान नकआउट चरणमा ?

मङ्सिर १५, काठमाडौँ | काठमाण्डाै कतारमा जारी फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन् । समूह ‘एफ’मा क्रोएसिया माथि छ । क्रोएसियाले बेल्जियमसँग जिते वा बराबरी गरे दोस्रो चरण सुरक्षित देखिन्छ । बेल्जियम क्रोएसियालाई हराएमा दोस्रो चरणमा पुग्न सक्छ । तर क्रोएसियासँग बराबर भए अर्को खेलमा क्यानडासँग मोरक्को हारेमा गोल अन्तरका आधारमा मात्र बेल्जियमको सम्भावना बाँकी रहन्छ । क्यानडालाई जिते वा बराबरी गरे मोरक्को पनि अन्तिम १६ मा पुग्न सक्छ ।

त्यस्तै समूह ‘ई’ का जापान र स्पेन तथा जर्मनी र कोस्टारिकाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ‘ई’ मा चारवटै टोलीको सम्भावना छ । स्पेनले जापानलाई हराए अन्तिम १६ मा पुग्नेछ । बराबर भएमा अर्को खेलमा जर्मनीले जिते वा बराबरी भएमात्र अघिल्लो चरणमा पुग्नेछ । तर स्पेन हारेमा जापान समूह विजेता हुन सक्छ । यदि कोस्टारिकाले जर्मनीलाई हरायो भने स्पेनलाई पनि असर पर्नेछ ।

यदि कोस्टारिका र जर्मनीबीच बराबरी भयो र अर्को खेलमा स्पेनले जापानलाई हरायो भने कोस्टारिका दोस्रो चरणमा पुग्न सक्छ ।  कोस्टारिकालाई जित्यो र अर्को खेलमा जापानले स्पेनलाई जित्यो भने जर्मनी दोस्रो चरणमा पुग्न सक्छ । जापानले बराबरी गर्यो भने जर्मनीले आफ्नो खेल कम्तीमा २ गोलको अन्तरले जित्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो