2026-09-21 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी अर्जेन्टिनालाई हराउने तयारीमा छौं: भान डाइक

मङ्सिर २३, काठमाडौँ । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग खेल्दा सम्पूर्ण ध्यान लियोनेल मेसीमा मात्रै केन्द्रित नहुने बताएका छन्। 

कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा सन् २०१४ का दुई सेमिफाइनलिस्ट फेरि आमनेसामने हुँदैछन्। आठ वर्षअघि ब्राजिलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

जारी विश्वकपमा सात पटकका बालन डी’अर विजेता मेसीले आफ्नो स्पष्ट प्रभाव देखाइरहेका छन्। आफ्नो चम्किलो करिअरलाई अझै आकर्षक बनाउन मेसी आफ्नो टिमलाई अर्को हप्ता हुने फाइनलमा सफल बनाउँदै विश्व फुटबलको सबैभन्दा  लोकप्रिय उपाधि जित्न चाहन्छन्।

डच डिफेन्डर भान डाइक नेदरल्यान्ड्सको टिम मेसीलाई मात्र रोक्ने रणनीतिमा नहुने बताउँछन्। 

‘उनी सर्वकालिन महान् खेलाडीमध्ये एक हुन्, उनने वर्षौंदेखि त्यो सावित गर्दै आएका छन्,’ भान डाइकले भने, ‘मेसी र क्रिस्टियानो रोनाल्डो पछिल्लो दुई दशककै उत्कृष्ट खेलाडी हुन्। उनले जे हासिल गरेका छन्, त्यसका कारण धेरै सम्मान छ। तर, अहिले हामी उनको मात्रै सामना गर्ने ध्यानमा छैनौं। हामी अर्जेन्टिनालाई हराउने तयारी गरिरहेका छौं।’

‘उनले पछिल्ला वर्षहरूमा कति सफलता हासिल गरेका छन् भन्ने हामीलाई थाहा छ,’ भान डाइक भन्छन्, ‘तर, यो क्वार्टरफाइनल नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो