2026-09-21 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश, ब्राजिल पेनाल्टीमा चुक्यो

मङ्सिर २३, काठमाडौँ । पेनाल्टी सुटआउटमा चुक्दा क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो ।

कतार स्थित एजुकेसन सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि संघर्ष गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गर्यो । त्यसपछि खेल टाइब्रेकरमा पुग्यो । 

टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले पहिले पेनाल्टी हान्ने मौकालाई सदुपयोग गर्दै गोल अग्रता दिलाए । त्यसको जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचावट गरेपछि ब्राजिल स्तब्ध बन्यो । 

खेलमा दोश्रो र तेश्रो पेनाल्टीलाई पनि क्रोएसियाले सदुपयोग गर्यो । त्यसको बिरुद्धमा ब्राजिलले दुई लगातार गोल गर्यो । क्रोएसियाको लागि चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । त्यसको बिरुद्ध ब्राजिलको चौथो प्रहार चुक्न पुग्दा क्रोएसिया बिजयी बन्यो । पेनाल्टीमा चौथो प्रहार गरेका ब्राजिलका मार्किन्हसले पोस्टमा प्रहार गर्दा बलले गोलको दिशा लिन सकेन ।

यो जित संगै क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । अघिल्लो खेलमा जापानलाई पनि क्रोएसियाले टाइब्रेकरमा नै पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो