2026-07-26 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै, पहिलो खेल पोर्चुगल र मोरोक्कोबीच

मङ्सिर २४, काठमाडौँ | कतार फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगल र मोरोक्को भिड्दै छन्।

पोर्चुगल र मोरोक्को को खेल नेपाली समय अनुसार  राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ।

कतार विश्वकपमा  प्रि-क्वाटरफाइनलमा स्पेनलाई पराजित गर्दै मोरोक्को क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, स्विटजरल्यान्डलाई  प्रि-क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पोर्चुगलले स्विटजरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।

आजको खेल मोरोक्कोले जितेमा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ भने पोर्चुगलले पनि आजको खेल जितेमा तेस्रो पटक क्वार्टरफाइनल प्रवेश गर्नेछ ।

यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्सले प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो | त्यस्तै सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको थियो |

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । 

यसअघि गएराति भएका दुई वटा क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा जित हासिल गर्दै क्रोएशिया र अर्जेन्टिना सेमिफाइलनमा प्रवेश गरिसकेका छन्। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएशियाले ब्राजिललाई ४-१ र अर्जेन्टिनाले नेदरल्यान्डस्लाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली