2026-09-21 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस तोडे पूर्व कप्तान थुरामको कीर्तिमान

मङ्सिर २५, काठमाडौँ | फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस आफ्नो देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडी बन्न सफल भएका छन्। 

कतारमा जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रिदै उनले यो कीर्तिमान बनाएका हुन्। उनले पूर्व कप्तान लिलियन थुरामको १ सय ४२ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई पछाडि छोडेका हुन्। उनी शनिबार राती १ सय ४३ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए। 

रुसमा ४ वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि उनी राष्ट्रिय टोलीको कप्तान थिए। लोरिस सन् २००८ देखि राष्ट्रिय टोलीमा नियमित छन्। 

लोरिस, थियरी हेनरी र फाबियन बार्थेज विश्वकपमा सर्वाधिक १७ खेल खेल्ने खेलाडी पनि हुन्। फ्रान्सबाट सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्नेमा महिला खलाडी सान्ड्रिन सौबेरान्ड हुन्। उनले १ सय ९८ खेल खेलेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो