2026-08-24 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

मङ्सिर २५, काठमाडौँ | कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ ।

विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन कसले जित्ला भनेर सबैलाई चासो हुन्छ । त्यसमध्ये गोल्डेन बुट अवार्ड एक हो ।

प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदी एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोलका लागि गरेको सहयोग गणना गरिन्छ । यदी एक भन्दा बढी खेलाडी गोल र एसिस्ट पनि उति नै गरेका छन् भने प्रतियोगितामा थोरै मिनेट खेलेको आधारमा विजेता छानिनेछ ।

धेरै गोल गर्नेमा दोस्रो हुनेले शिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् । चार वर्षअघि रुसमा भएको विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसपटक केनको टिम क्वाटरफाइनलबाटै बाहिरिसकेको छ ।

सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि छन् । फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरउड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४ गोल गरेका छन् ।

तीन गोल गर्ने ७ खेलाडी भने यस होडबाट बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको छ । पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए ।

पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।

२१ खेलाडीले २-२ गोल गरेका छन् । जसमध्ये १८ खेलाडी यो होडबाट बाहिरिसकेका छन् । सेमिफाइनल पुगेका मध्ये अर्जेन्टिनाका युलियन अल्भारेज, क्रोएसियाका आन्द्रे क्रामारिक र मोरक्कोका युसुफ एन नेस्री भने अझै पनि होडमा छन् ।

केलियन एमबाप्पे (फ्रान्स)

२३ वर्षीय युवा स्टार एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् । उनले दुई असिस्ट समेत गरेका छन् ।

समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्धको खेलमा गोलको खाता खोलेका उनले दोस्रो खेलमा डेनमार्क विरुद्ध दुई गोल गरे ।

समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । एमबाप्पेकै दुई गोल मद्दतमा फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गरेको थियो ।

तर क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । दुई असिस्ट समेत गरेका र दोस्रो स्थानमा रहेका लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि एमबाप्पे गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

लिओनल मेसी (अर्जेन्टिना)

वर्तमान पुस्ताको उत्कृष्ट मध्ये एक अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गरेका छन् ।

३५ वर्षीय मेसीले यो विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन् । त्यसैले उनी विश्वकप उपाधि जित्दै आफ्नो ट्रफी क्याविनेटलाई पूर्ण बनाउन चाहन्छन् ।

२०१४ मा विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितिसकेका मेसीले गोल्डेन बुट भने जित्न बाँकी छ । अर्जेन्टिनाले फाइनल पुग्दै उपाधि जितेमा मेसीले यो अवार्ड पनि जित्ने सम्भावना छ ।

मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए । तर उक्त खेलमा अर्जेन्टिना साउदीसँग २-१ ले स्तब्ध भयो ।

समूहको दोस्रो खेलमा मेसीले एक गोल गर्नुका साथै एन्जो फर्नान्डेजका लागि असिस्ट गरेका थिए । पोल्याण्ड विरुद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न असफल भए ।

अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध २-१ को जितमा मेसीले एक गोल गरेका थिए ।

क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरुद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए ।

७ पटकको बालोन डी’ओर विजेता मेसीले आफ्नो करियरमा क्लब करियरमा सबै खाले अवार्ड जितिसकेका छन् ।

यसपटक विश्वभरका फुटबल समर्थक मेसीले विश्वकप ट्रफी उचालेको हेर्न चाहन्छन् ।

ओलिभर जिरउड (फ्रान्स)

फ्रान्सका ३६ वर्षीय जिरउडले जारी विश्कवमपा मेसीलस मान ४ गोल गरेका छन् । उनले असिस्ट भने गरेका छैन । जिरउडले यसै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् ।

समूह डी को पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध दुई गोल गर्दै उनले फ्रान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछि समुहको दुई खेलमा उनले गोल गरेनन् ।

अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २-१ को जितमा एक गोल गर्दै जिरउडले प्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाएका थिए । उनले ११७ खेलमा उक्त उपलब्धि हासिल गरे ।

इंग्ल्याण्ड विरुद्ध क्वाटरफाइनलमा २-१ को जित निकाल्दा जिरउडले विजयी गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन