2026-09-21 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट

मङ्सिर २६, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए ।

क्वाटरफाइनलमा मोरक्कोसँग पराजित पोर्चुगलले हारे पनि रोनाल्डोप्रति समर्थन र संवेदना विश्वभरबाट मानिसहरुले देखाइरहेका छन् ।

यहीबीच भारतीय क्रिकेटर विराट कोहलीले पनि रोनाल्डोका लागि एक भावुक पोस्ट लेखेका छन् ।

‘कुनै पनि ट्रफी तथा टाइटलले रोनाल्डोबाट यो छिन्न सक्दैन जुन तपाईंले खेलबाट विश्वभरका प्रशंसकहरुलाई दिएका छौ, कुनै पनि उपाधिले यो बताउन सक्दैन कि तपाईंले मानिसको जीवनमा कस्तो प्रभाव छोड्नु भएको छ,’ विराटले लेखेका छन्, ‘यो भगवानबाट मिलेको एउटा पुरस्कार हो, यो एउटा आशीर्वाद हो र कठिन परिश्रम तथा समर्पणको प्रतीक हो । तपाईं जो कोही खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ, मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’

स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको कारण पोर्चुगलको टोलीको आलोचना भइरहेको छ । उनले क्वार्टरफाइनलमा मोरक्कोविरुद्धको पहिलो हाफमा पनि खेलेनन् तर दोस्रो हाफमा मैदानमा उत्रिएका थिए ।पोर्चुगल हार्दा रोनाल्डो मैदानमा भावुक देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो