2026-08-24 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन देशले लैजाला स्टेडियम ९७४?

मङ्सिर २६, काठमाडौँ | गत साताको सोमबार नकआउट चरणमा ब्राजिल र दक्षिण कोरियाबीचको खेल सकिएसँगै स्टेडियम ९७४ कुन देशले लैजाला? भन्ने चर्चा सुरु भएको छ। विश्वकपको इतिहासमा पहिलोपटक अस्थायी रंगशाला निर्माण गरिएको हो।  विश्वकप जारी रहँदा यो रगंशाला भत्काउने प्रक्रिया सुरु भइसकेको छ। रंगशालाका शिपिङ कन्टेनरहरु, सिट र अन्य पूर्वाधार सबै हटाइनेछ। विश्वकपअघि नै रंगशाला नभएको देशलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कतारले आयोजनाको प्रस्ताव गर्दा नै प्रतिबद्धता जनाएको थियो।

सोही प्रतिबद्धताअनुसार यो स्टेडियम अब कुन देशले पाउने हो भन्ने चर्चा सुरु भएको छ। तर कुन देशले यो रंगशाला पाउँछ भन्ने तय भने भइसकेको छैन। सन् २०३० को विश्वकप अर्जेन्टिना, चिली र पाराग्वेले संयुक्तरुपमा आयोजना गर्न सहमत छन्। यही प्रक्रिया अन्तिम भएमा यो रंगशाला २०३० मा प्रयोगमा आउने सम्भावना पनि छ। यस्तै यो स्टेडियम उरुग्वे वा दक्षिण अफ्रिका पठाइने चर्चा पनि छ। सन् २०३० का लागि दक्षिण अमेरिकी टोली उरुग्वेले पनि बोली लगाउने बाटो हेरिरहेको छ।  कतारको राजधानी दोहाबाट करिब १३ हजार किलोमिटर टाढा रहेको उरुग्वेमा यो रंगशाला पठाउने सम्भावना बढी छ। ठूलो रकम खर्च गरिएको यो रंगशालामा प्रतिफल शून्य नहोस् भन्ने कुरालाई ध्यानमा राख्न सुझाव समेत दिइएको छ। 

४० हजार दर्शक क्षमताको यो रंगशालामा जारी विश्वकपका ६ खेल आयोजना भएका थिए। पूर्णरुपले हटाउन सकिने क्षमता भएको यो रंगशालालाई फेरि अर्को ठाउँमा बनाउन सकिन्छ।यो रंगशालाको अर्को विशेषता भनेको यसको अंक नाम नै हो। यो अरुभन्दा फरक छ। ९७४ कतारको डायलिङ कोड हो। त्यस्तै यसको अर्को विशेषता भनेको स्टेडियम बनाउन प्रयोग गरिएको कन्टेनरहरुको संख्या पनि हो। इन्जिनियरिङको भाषामा यो रंगशाला बनाउन ९७४ वटा शिपिङ कन्टेनर प्रयोग भएका छन्।  यसका नाम र डिजाइन सांकेतिक छन्। त्यसबाहेक पूर्णरुपले हटाउन सकिने विशेषतायुक्त छ। जसलाई वातावरणमैत्री र दिगो मानिएको छ। 

यो स्टेडियमलाई ग्लोबल सस्टेनेबिलिटी असेसमेन्ट सिस्टम (जीएसएएस) ले दिगोपनाको प्रमाणपत्र दिएको छ। डिजाइन र निर्माणमा फाइभस्टार रेटिङ पाएको यो रंगशालाले निर्माण व्यवस्थापनमा क्याटेगोरी अफ एक्सिलेन्सी पाएको छ। जुन गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डेभलपमेन्टले दिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन