2026-09-21 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हो’

मङ्सिर २८, काठमाडौँ | अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।

दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए ।

खेलपछि मेस्सीले भने,  ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो । ’

३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो । मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन् । उनको खातामा विश्वकप मात्र छैन । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।

मेस्सीले कीर्तिमानी सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । उनले एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन् । उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो