2026-09-21 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरक्कोका प्रशिक्षक भन्छन् : हामी दावेदार होइनौं तर, जित्न सक्छौं

मङ्सिर २८, काठमाडौँ | मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ ।

फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।

‘हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं,’ मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका रेग्रागुईले पत्रकार सम्मेलनमा भने, ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं । हामी विश्वकप फाइनलमा किन नपुग्ने ? हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’

क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ । ‘यो नै पर्याप्त हो भन्ने मलाई लाग्दैन । मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं,’ उनले थपे, ‘अरव देश र अफ्रिकी देशका लागि हामी भिड्न जाादैछौं ।’

मोरक्कोले विश्वकप सेमिफाइनलसम्मको मार्गमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता महाशक्ति देशहरुलाई पराजित गरेको छ । पाँच खेलमा उसले एक गोलमात्र खाएको छ । त्यो पनि आत्मघाती गोलमार्फत ।

कतारमा आफ्नो आश्चर्यजनक सफलताअघि यो टिम सन् १९८६ मा केवल एकपल्ट विश्वकपको नकआउट चरणमा पुगेको थियो । त्यतिबेला अन्तिम १६ को खेलमा पोर्चुगलसँग पराजित थियो ।

४७ वर्षीय प्रशिक्षकले बुधबार हुने खेलका लागि टिम भावनाका साथसाथ सामरिक र मानसिक रुपमा तयार हुनु महत्वपूर्ण हुने बताए । ‘हरेक खेलमा सबैले आफ्नो उच्च प्रदर्शन दिन चाहन्छन् । हामी एक एकतावद्ध भावनाका साथ सामुहिक खेल खेल्नेछौं,’ प्रशिक्षक रेग्रागुई भन्छन्, ‘मेरो विचारमा यो खेलभन्दा महत्वपूर्ण पक्ष हो ।’

उनले आफ्नो टिमको समर्थकको भूमिका पनि फ्रान्सजस्तो टिमविरुद्ध खेल्दा महत्वपूर्ण हुने बताए । ‘हामीसँग संसारकै सबैभन्दा शानदार समर्थक छन् । सायद ब्राजिल र अर्जेन्टिनाका समर्थकहरु पनि छन् । उनीहरु आफ्नो देशको समर्थनका लागि संसारभरबाट आएका छन् र हामीलाई मन पराएका छन्,’ प्रशिक्षकले भने ।

डिफेण्डर रोमन सिसेसहित मोरक्कोका केही खेलाडी चोटग्रस्त छन् र फ्रान्ससँगको निर्णायक खेलमा उनीहरुलाई कठिन हुनसक्छ । यो खेल बुधबार राती पौने १ बजे दोहाको अल बेयट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो