2026-09-21 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सका फरवार्ड करिम बेन्जमाको सन्‍न्यास

पुस ५, काठमाडौँ | फ्रान्सका फरवार्ड करिम बेन्जमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर बेन्जमाले कतार विश्वकपको समापनसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। चोटले पिरोलेपछि उनी विश्वकपबाट बाहिरिएका थिए। 

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको भोलिपल्ट सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेन्जमाले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने निर्णय गरेका हुन्।  ‘अब सकियो। मैले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याएँ’, ३५ वर्षीय बेन्जमाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

बेन्जमा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन्। बेन्जमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए। उनी २००८ र २०१० को युरोसँगै विश्वकप टोलीका पनि सदस्य थिए। बेन्जमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ। त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भए पनि चोटका कारण खेल्नै नपाई बाहिरिएका थिए।

आइतबार अर्जेन्टिनाविरुद्धको फाइनलका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो निजी जेट विमानमा कतार जान आग्रह गरे पनि बेन्जमाले अस्विकार गरेका थिए। उनले सामाजिक सञ्जालमा फ्रान्सको जितका लागि भने शुभकामना दिएका थिए। प्रशिक्षक डिडियर डेस्च्याम्पससँगको खटपटका कारण उनी फाइनल खेल हेर्न कतार नगएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो