2026-09-21 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप अर्जेन्टिनाले जित्दा पनि फिफा विश्व वरियताको १ नम्बरमै ब्राजिल !

पुस ५, काठमाडौँ | कतार विश्वकप २०२२ फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरीयतामा दोस्रो नम्बरमा रहने भएको छ। यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रो स्थानमा भने पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायम रहने इएसपिएनले जनाएको छ। 

३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता आगामी बिहीबार सार्वजनिक गर्दा शीर्ष स्थानमा नपुग्ने इएसपीएनले जनाएको छ।

ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ। 

हालै सम्पन्न विश्वकपमा ब्राजिलले तीन खेलमा जित हात पार्दा समूह चरणको अन्तिम खेलमा क्यामरूनसँग अप्रत्यासित हार व्यहोरेको थियो।

दक्षिण कोरियालाई अन्तिम १६ मा हराएको ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पेनान्टी सुटआउटमा पराजित भएको थियो। 

यस्तै विश्व विजेता अर्जेन्टिनाले विश्वकपका ४ खेलमा जित निकाल्यो। साउदी अरेबियासँग हारेको अर्जेन्टिनाले दुई खेल (क्वार्टर फाइनल र फाइनल) पेनाल्टी सुटआउटमा जितेको थियो। 

सन् २०२१ को कोपा अमेरिका जितेको विश्व च्याम्पियन अर्जेन्टिनालाई विश्व वरियाताको शीर्ष स्थान पुग्न पर्याप्त रहेन।

पेनाल्टी सुटआउटमा खेलको निर्णय भएकाले जितेका खेलहरू पनि बराबरी नै मानिन्छन्। 

यदि अर्जेन्टिना वा फ्रान्सले १२० मिनेट भित्र फाइनल जितेको भए तिनीहरू नम्बर एकमा पुग्ने थिए। तर पेनाल्टी सुटआउटको निर्णयले ब्राजिललाई फाइदा भयो।

यो महनाको वरियतामा अर्जेन्टिना र फ्रान्स दुवै एक-एक स्थान माथि उक्लिएर क्रमशः दोस्रो र तेस्रो स्थानमा पुग्नेछन्। दोस्रो स्थानमा रहेको बेल्जियम समूह चरणबाटै बाहिरिएकाले दुई स्थान तल झरेर चौथो स्थानमा पुग्नेछ।

यस्तै इंग्ल्याण्ड पाँचौं स्थानमा कायमै रहँदा क्वार्टरफाइनलमा पुगेको नेदरल्यान्ड्स दुई स्थान माथि उक्लदै  छैठौं स्थानमा पुग्नेछ।

विश्वकपमा तेस्रो भएको क्रोएसिया १२औं स्थानबाट  ५ स्थान माथि उक्लँदै सातौं स्थानमा पुग्नेछ। 

कतार विश्वकपमा छनोट हुन नसकेको इटाली दुई स्थान तल झरेर आठौं स्थानमा झर्ने छ। पोर्चुगल नवौं स्थानमा यथावत रहँदा समूह चरणबाटै बाहिरिएको स्पेन तीन स्थान तल झरेर १० औं स्थानमा पुग्नेछ।

यस्तै मोरक्को र अष्ट्रेलियाले आफूलाई ब्यापक सुधार गर्ने भएका छन्। विश्वकपमा चौथो भएको मोरक्को ११ औं स्थान माथि उक्लँदै ११ औं स्थानमा पुग्ने भएको छ। 

यस्तै अर्जेन्टिनासँग प्रि-क्वार्टरफाइनलमा पराजित भएको अष्ट्रेलिया ३८ औं स्थानबाट ११ स्थान माथि उक्लँदै २७ औं स्थानमा पुग्नेछ।

यस्तै समूह चरणमा ब्राजिललाई हराएको क्यामरून पनि १० स्थान माथि उक्लँदै ३३ औं स्थानमा पुग्ने भएको छ। 

यस्तै अमेरिका ३ स्थान माथि उक्लिएर १३ औं स्थानमा पुग्दा मेक्सिको २ स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ।

विश्वकपको समूह चरणबाटै बाहिरिएको आयोजक राष्ट्र कतार र क्यानडा समान १२ स्थान तल खस्किएका छन्। ५० औं स्थानमा रहेको कतार ६२ औं स्थानमा पुग्दा ४१ औं स्थानमा रहेको क्यानडा ५३ औं स्थानमा पुगेको छ।

फिफाले बिहिबार औपचारि वरियता सार्वजनिक गर्ने भएको छ।

यी हुन् शीर्ष २० राष्ट्र

१. ब्राजिल

२. अर्जेन्टिना

३. फ्रान्स

४. बेल्जियम

५. इङ्गल्याण्ड

६. नेदरल्याण्ड्स

७. क्रोएसिया

८. इटाली

९. पोर्चुगल

१०. स्पेन

११. मोरक्को

१२. स्विट्जरल्याण्ड

१३. संयुक्त राज्य अमेरिका

१४. जर्मनी

१५. मेक्सिको

१६. उरुग्वे

१७. कोलम्बिया

१८. डेनमार्क

१९. सेनेगल

२०. जापान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो