2026-09-21 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि एम्बाप्पेलाई गिज्याउँदै गरेको देखिए अर्जेन्टिनी गोलकिपर मार्टिनेज

पुस ६, काठमाडौँ | अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।

एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछि गरेको आपत्तिजनक सङ्केत गरेपछि हेडलाइन बनेका थिए ।

त्यसपछि ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।

अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेको पाइएको छ । यसअघि मार्टिनेजले विश्वकपमा आफूविरुद्ध फ्रेन्च समर्थकहरुले हुटिङ गरेका कारण आपत्तिजनक सङ्केत गरेको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो